काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आजदेखि सुरु भएको नाइमा अटो एक्स्पोमा पन्च ईभी फेसलिफ्ट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित उक्त गाडी मूलय घटाएर सार्वजनिक गरिएको छ ।
अब नाइमा एक्स्पोबाट बुकिङ तथा बिक्री समेत खुल्ला भएको छ । नयाँ मूल्यसूचीसँगै पन्च ईभीको मूल्य अधिकतम ४ लाख रुपैयाँसम्म घटेको छ। यसअघि यो गाडी ३७ लाख ९९ हजार रुपैयाँदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो ।
यसरी मूलय घट्नमा सरकारले चालू आथिएक वर्षको लागि ल्याएको आथिृक ऐनको समेत प्रभाव देखिएको छ । जसले एभीमा नयाँ कर स्ल्याप निर्धारण गरेको छ ।
कम्पनीले पन्च ईभी फेसलिफ्टलाई तीन वटा भेरियन्टमा उपलब्ध गराएको छ । यसको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ पन्च ईभीमा ३० किलोवाट(आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यी दुवै ब्याट्री यसअघिको मोडलको तुलनामा ५ किलोवाट(आवरले बढी क्षमता भएका हुन् ।
कम्पनीका अनुसार ६५ किलोवाटको डीसी फास्ट चार्जरमार्फत गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न २६ मिनेट मात्र लाग्छ। त्यस्तै, १५ मिनेटको चार्जमा करिब १३५ किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिने दाबी गरिएको छ ।
डिजाइनतर्फ नयाँ पन्च ईभी फेसलिफ्टमा टाटाका प्रिमियम ईभी मोडलबाट प्रेरित १६ इन्चका एरो–अप्टिमाइज्ड अलोय ह्वील प्रयोग गरिएको छ । पछाडिको भागमा आईसीई पन्च फेसलिफ्टकै शैलीका कनेक्टेड एलईडी टेललाइट समावेश गरिएको छ ।
इन्टेरियरमा ड्यासबोर्डको आधारभूत डिजाइन पुरानै राखिए पनि नयाँ ट्रिम फिनिस र डुअल–टोन कलर थिम प्रयोग गरिएको छ । साथै १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०।२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध सिप्रदीले जानाकारी गराएको छ ।
फिचरका हिसाबले नयाँ पन्च ईभीमा वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा समावेश रहेको कम्पनीको भनाई छ ।