काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको ‘१६औं टाटा ईभी नाडा अटो शो-२०२४’ मा पन्च ईभीको बिक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च ईभीको सुरूआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ ।
बहुप्रतीक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमि ग्राउण्ड क्लियरेन्सका साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।
यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालका विभिन्न भूभागमा गरिएको परीक्षणअनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।
टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनका अनुसार नेपाली बजारमा टियागो ईभी र नेक्सन ईभीको सफलतापछि पन्च ईभी सार्वजनिक गरिएको हो ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक गरिएको हो ।
अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी पन्च ईभीले ग्राहकहरूलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास कम्पनीले गरेको छ ।
नेपालभरि टाटा ईभी गाडीका लागि २६ डीसी फास्ट चार्जिङ स्टेशन, १५०+ एसी फास्ट चार्जिङ १५०+ एसी स्लो चार्जिङ नेटवर्क छ । यसैगरी १६ ईभी डेडिकेटेड सेवा सञ्जाल र २२ वटा बिक्री केन्द्र रहेका छन् ।
FACEBOOK COMMENTS