काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । यसअघिका चार दिन (सोमबार-बिहीबार) लगातार बढेको सुनको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनको यो मूल्य अघिल्लो दिन (बिहीबार) को तुलनामा प्रतितोला एक हजार रूपैयाँले कम हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भएको चाँदीको मूल्य आज पाँच रूपैयाँले घटेर एक हजार नौ सय ९० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS