काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ ।
तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ ।
जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१ प्रतिशत मत प्राप्त गरे । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत पाए ।
महासंघकाे विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासंघको बुधबार निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार ६ सय २० मतमध्ये संघईले ६१३ मत, अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत पाए । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जनले ४७, रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएकाे निर्वाचन समितिले जनाएकाे छ । साथै ३ मत बदर भयो ।

वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेशलाल ६९, अञ्जनले ४१ र रामचन्द्रले १२ मत पाए भने एक मत बदर भयो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।
यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु–
| एशोसिएट | जिल्ला नगर | वस्तुगत | |||
| नाम | मत | नाम | मत | नाम | मत |
| डा. रामशरण थपलिया | १४४० | नरेशलाल श्रेष्ठ | ९१ | मोहनप्रसाद श्रेष्ठ | ९१ |
| मनोज पौडेल | १३७३ | लिलेन्द्रप्रसाद प्रधान | ८९ | प्रयास कार्की | ८८ |
| आनन्द कुमार बगेरिया | १३६४ | हरिबहादुर कार्की | ८२ | अमरेशन चन्द बैदार | ८१ |
| अम्बिका प्रसाद पौडेल | १३६३ | शिव प्रसाद घिमिरे | ८१ | ताराबहादुर कार्की | ८१ |
| सुनिल नारायण श्रेष्ठ | १३४२ | अरनिको राजभण्डारी | ७६ | नवीन रिजाल | ७९ |
| सुशील थापा | १३२९ | डा. सुबोध कुमार गुप्ता | ७५ | कल्पना गैरे | ७७ |
| शैलेन्द्र गुरागाईं | १३१५ | रविन पुरी | ७४ | उमेश डालमिया | ७३ |
| राजेश कुमार अग्रवाल | १३१२ | नानीराज घिमिरे | ७२ | उज्जलप्रसाद कसजु | ७२ |
| हेमन्त गोल्छा | १३०० | भक्तबहादुर हमाल | ७२ | बेदबहादुर श्रेष्ठ | ७२ |
| देशबन्धु बस्नेत | १२८४ | शोभा ज्ञवाली | ७२ | अब्दुल बाहित मन्सुरी | ७० |
| अविनाश बोहोरा | १२७५ | मनोज अधिकारी | ६७ | मन्जुकुमार श्रेष्ठ (कोजु) | ७० |
| गोपाल खनाल | १२६५ | कमला श्रेष्ठ | ६६ | किशोरकुमार आचार्य | ६९ |
| उज्वल कुमार श्रेष्ठ | ११९१ | पशुपतिदेव पाण्डे | ६५ | केशवप्रसाद भण्डारी | ६७ |
| प्रवलजङ्ग पाण्डे | ११२८ | राजकुमार कार्की | ६२ | कृष्ण कटुवाल | ६७ |
| जुना माथेमा | ९९१ | पुष्पराज कुँवर | ६६ | ||
| शक्ति कुमार बेगानी | ९८८ | अनिलकृष्ण श्रेष्ठ | ६४ | ||
| सन्दिप कुमार अग्रवाल | ९२५ | गोकुल श्रेष्ठ | ६४ | ||
| ऋषी अग्रवाल | ८८१ | निरक केसी | ६३ | ||
| मुकुन्द प्रसाद तिमल्सिना | ८४२ | ||||
FACEBOOK COMMENTS