काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
बोर्डले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न लागिएको जनाएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन पेस गर्न बोर्डले सूचना जारी गरेको छ ।
सीईओ पदको लागि नेपाली नागरिक हुनुका साथै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनु अनिवार्य गरिएको छ ।