काठमाडौँ । पञ्चकन्या समूहअन्तर्गत एक्सप्लोर अर्थ मुभर्स प्रालिले भोल्भो कन्स्ट्रक्शन इक्विपमेन्टको भोल्भो ईसी२२० एक्स्काभेटर नेपाली बजारमा ल्याएको छ । आधुनिक प्रविधि, इन्धन दक्षता र उच्च उत्पादकत्वका कारण यो मेसिन निर्माण तथा खानी क्षेत्रमा प्रभावकारी हुने कम्पनीको दाबी छ ।
शक्तिशाली इन्जिन भएको यो एक्स्काभेटर खानी, हाइड्रो, सडक निर्माण, तथा कठिन भौगोलिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छ । युरो स्टेज आईआईआईए मापदण्डअनुसार डिजाइन गरिएको इन्धन–प्रभावी प्रविधिले वातावरण प्रदूषणसमेत कम गर्छ ।
अन्य समान क्षमताका मेसिनहरूभन्दा १०% बढी उत्खनन् क्षमता रहेको यो मेसिनले सञ्चालन खर्च घटाउने र दीर्घकालीन भरपर्दो सेवा दिने कम्पनीको दाबी छ । नेपालमा निर्माण तथा खानी क्षेत्र तीव्र गतिमा बढ्दै गइरहेको सन्दर्भमा भोल्भो ईसी२२० एक उत्तम तथा विश्वासिलो विकल्प हुने कम्पनीको विश्वास छ ।
यो मेसिन अधिकृत वितरक तथा विक्रेतामार्फत खरिद गर्न सकिनेछ ।
FACEBOOK COMMENTS