काठमाडौं । भुटानका बायाँ हाते स्पिन बलर सोमन येशीले म्यानमारविरुद्धको टी–२० खेलमा आठ विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । उनी टी–२० खेलमा आठ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् ।
२२ वर्षीय सोमनले आफ्नो चार ओभरमा केवल सात रन दिए र म्यानमारको शीर्ष क्रमलाई पूर्ण रूपमा ध्वस्त पारेका थिए । पहिले ब्याटिङ गर्दै भुटानले म्यानमारलाई १२७ रनको लक्ष्य दिएको थियो तर जवाफमा म्यानमार ४५ रनमा अलआउट भयो । यससँगै भुटानले पाँच खेलको टी–२० शृङ्खला ५–० ले जित्यो । सोमन येशीले यस सिरिजमा कुल १३ विकेट लिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार, अहिलेसम्म एक टी–२० खेलमा जम्मा छ बलरले सात विकेट लिएका छन् । यी मध्ये दुई पुरुष खेलाडी छन् भने चार महिला खेलाडी छन् ।
FACEBOOK COMMENTS