काठमाडौं, भदौ १७ – जनप्रतिनिधि तथा व्यापारीसँग चन्दा मागेको आरोपमा सल्यानबाट विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विप्लवका भेरी कर्णाली व्यूरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका वडा नं. २ का ५० वर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. २ का ४२ वर्षीय तिलकबहादुर वली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार उनीहरू दुबै जनालाई सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ६ स्थित जलजला भन्ने ठाउँवाट पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया सुरू भइसकेको डिएसपी खतिवडाले बताए ।