विरगंज– नेपाल उद्योग वाणिज्य महासंघ , जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला विरगञ्ज भएको छ ।
भेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपुति मन्त्री मात्रिका यादवले देशमा बेथिती रहेको छ तर त्यसलाई हटाउन सरकार लागी परेको बताएका छन् । उनले केहि कानुन आउने वित्तिकै नडराउन व्यवसायीलाई आग्रह गर्दै केहि समस्या आए बसेर समाधान गर्न सरकार तयार रहेको बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महासंघ मात्रै यस्तो संस्था हो जसले छाताको रुपमा सबै व्यपारीलाई संरक्षण गरिरहेको बताईन् ।उनले व्यपार घाटा झन २५ प्रतिशतले बढ्दै गएको छ । यसलाई केहि नगर्ने हो भने डरलाग्दो अवस्था आउँछ । उत्पादनलाई बढुवा दिन पर्ने आधारहरु बनाउन जरुरी भएको बताईन् ।
।
सार्क चेम्बर्सका अध्यक्ष तथा महासंघका विशिष्ट सदस्य चण्डिराज ढकालले दन्द्धकाल देखी समझदारी बनाउँदै आएको र अहिले झन सहभागिताका साथ काम गर्ने बेला आएको बताएका छन् । विश्व अहिले धेरै अगाडि बढिरहेको हुनाले नेपाल छुट्टै ढङ्गले अगाडि बढ्न नसक्ने भन्दै अन्तराष्ट्रिय रुपमा अगाडि बढ्नु पर्ने जिकिर गरे ।
उनले निजी क्षेत्र एकजुट हुनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, जिल्ला नगरका उपाध्यक्ष किसोर कुमार प्रधान, दिनेस श्रेष्ठ, जय शिवाकोटी लगाएत उद्योगी व्यपारीहरुको सहभागिता थियो ।
FACEBOOK COMMENTS