बनियानी– झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।
मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।
उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए ।
विद्युत् समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए।
अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । रासस
FACEBOOK COMMENTS