वासिङटन डिसी – अमेरीकामा रहेका अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
अर्थमन्त्रीले मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपालीलाई लगानीको लागि आग्रह गरेका हुन् ।
“तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भने ।
उनले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गयो भनेर सोच्नु अतिशयोक्ति हुो बताए ।
विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी आएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताए ।
FACEBOOK COMMENTS