काठमाडौं, असोज ११ – नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको चुक्तापूँजी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे मात्र पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएको हो । संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएको जनाएको छ ।
उक्त प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको जनाएको छ ।
सो साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो ।
साथै साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको सस्था हो ।
FACEBOOK COMMENTS