काठमाण्डौं — कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको बताए ।
— नागरिक
FACEBOOK COMMENTS