वीरगंज– भारतको जुस कम्पनी मनपसन्द बेभरेजको उत्पादन नेपालमै हुने भएको छ ।
४५ करोड रुपैयाँको लगानी पर्सागढी नगरपालिका–३ हरपुरमा उद्योग स्थापनाको तयारी शुरु भएको हो ।
१० कठ्ठामा उद्योग निर्माण सुरु भएको छ।उद्योगको भौतिक संरचना निर्माणको लागि २ करोड १६ लाख रुपैयाँमा काठमाडौंको स्मार्ट कन्स्ट्रक्सनलाई ठेक्का दिइसकिए छ ।
भारतीय कम्पनी मनपसन्द बेभरेजले गत महिना मात्रै विदेशमा लगानी विस्तारको घोषणा गरेको थियो।
भारतबाट कच्चा पदार्थ आयात गरेर जुस उत्पादन गरी स्वदेशी बजार तथा भारतीय बजारमै समेत निर्यात गर्ने योजना कम्पनीको छ ।
