काठमाडौं – नेपाल विज्ञापन सङ्घका अध्यक्ष रविन्द्र कुमार रिजालले क्लिनफिड लागू गरी राष्ट्रियताको मुद्दालाई चरितार्थ पार्नुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित सङ्घको १९औँ साधारण सभामा अध्यक्ष रिजालले विज्ञापनको क्षेत्रलाई उद्योगको रुपमा पहिचान दिनुपर्नेमा जोड दिए ।
साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि करीब १ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सङ्घले विगतमा झैं यसवर्ष पनि कृति अवार्डको आयोजना गर्ने महासचिवको प्रतिवेदनमा उल्लेख छ ।
१७ सदस्यीय कार्यसमिति रहेको आनमा विज्ञापन बजारका विज्ञहरुको नेतृत्वमा विभिन्न सामाजिक कार्य तथा विज्ञापन व्यवसायको हकहितमा कार्य गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS