Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको लागि दुई छिमेकी मुलुक संगको सहकार्य आवश्यक रहने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि दुई छिमेकी मुलुक भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले चीनसँग पारबहनसम्बन्धी प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि स्मरण गराए।
ओलीले तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारबहनसम्बन्धि सहमतिले नेपाल भूपरीवष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा संचालन, लगानी अभिवृद्धि गर्न लागेको उल्लेख गरे।
भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने दावी गर्दै ओलीले दुवै देशसँग मिलेर नेपालमा रेल सेवा विस्तार गर्ने तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको जानकारी दिए।
FACEBOOK COMMENTS