काठमाण्डौ– मल चाहिएकै बेला देशैभरि कहीं छैन। रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ।
कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्।
तर, सरकारी निकाय आफैं यसमा निरीहता देखाउँछन्। ‘धानबालीलाई मल अभाव भएको जानकारी प्राप्त भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री केन्द्रलाई निर्देशन दिइसकेका छौं। मलको अभाव हुन दिन्नौं। वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं।’
मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो। करिब ९५ प्रतिशत सकिएको सरकारी आँकडा छ। मन्त्रालयले उपाय लगाउने बताए पनि किसानलाई मल हाल्न ढिला भइसकेको छ।

– अन्नपुर्ण पोष्ट
