काठमाडौं, वैशाख १७ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका विषयमा जनचेतना जगाउन देशव्यापीरुपमा कार्यकर्ता परिचालन गर्ने भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनका कारण आर्थिक तथा सामाजिक समस्या भोगिरहेकाहरुलाई समेत पार्टीले सहयोग गर्ने बताए ।
आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले कोरोनाका विषयमा पार्टीको चार बुँदे प्रतिवद्धता र सरकारसँग ११ बुुँदे माग राखेका थिए । कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामग्रीहरुको आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग छ ।देशका सबै जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परिक्षणलाई व्यापक बनाउनुपर्ने, सिमा नाकाहरुमा अनिवार्य पिसीआर परिक्षणको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीहरुलाई बिमान र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न पनि देउवाले माग राखेका छन् ।
सरकारले दुई दिन समय दिएर काठमाडौंबाट मानिसहरुलाई गाउँ जाने मौका दिएकोमा देउवाले आलोचना गरेका छन् । यसबाट कोरोना झ्न देशब्यापी बन्ने उनको चिन्ता छ ।
FACEBOOK COMMENTS