काठमाण्डौँ – कुलेखानी जलविद्युत् आयोजनाको ५३ दिनदेखि बिग्रेको जेनेरेटरको मर्मत शनिबार सुरु भएको छ ।
फुजी इलेक्ट्रिक कम्पनी जापानका चार र नेपाली १० प्राविधिक गरी १४ जना मर्मत सम्भार कार्यमा जुटेका छन् ।
कुलेखानी २ का प्रमुख आभास ओझाले तीन साताभित्र जेनेरेटरको मर्मत कार्य सम्पन्न गर्ने योजना रहेको बताए ।
विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी दोस्रोको युनिट २ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि गत जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो ।
यसलाई फेर्नका लागि जापानबाट उपकरणहरूसहित प्राविधिक पनि आएका छन् ।

बिग्रेको जेनेरेटर आयोजनाका प्राविधिकहरूले चार दिन लगाएर खोलेका थिए ।

जेनेरेटर बिग्रेकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।

– कान्तिपुर

              
              
              
              		              
FACEBOOK COMMENTS