काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डको अध्यक्षका लागि ७ दिनभित्र अर्थात वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेस गर्नु पर्नेछ ।
वैशाख ४ गते बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली छ । धितोपत्रको अध्यक्ष नियुक्ति समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट संयोजकत्व रहेका छन् भने सदस्यहरुमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल छन्।