काठमाडौं, २१ कार्तिक – दाङकी एक २० वर्षीया सुत्केरीको कोरोना संक्रणका कारण मुत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१० निवासी संक्रमित ती महिलाको शिशु जन्मिएपछि कोरोनाले मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनी कात्तिक १६ गते प्रसुति सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
१७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। १८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।