काठमाडौं, बैशाख १४ – विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख २० हजार ७ सय ३८ पुगेको छ । जसमध्ये आठ लाख ३६ हजार ६ सय ८३ जना निको भएका छन् । हाल विश्वमा १८ लाख ७८ हजार कोरोना भाइरस संक्रमित उपचारत छन्।
अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा हालसम्म ९ लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै इटलीमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कूल कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। भारतमा हालसम्म कोरोनाका कारण ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।
FACEBOOK COMMENTS