काठमाडौं, भदौ २२ – नवलपरासीमा छिमेकीमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।
छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। मध्यबिन्दु नगरपालिका ४ लुस्लेरीका ६२ वर्षीय मोतिराम परियार र उनका छोरा १९ वर्षीय राजु परियार पक्राउ परेका हुन्।
विवादको क्रममा छिमेकी ४५ वर्षीय दानबहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ। प्रक्राउ परेकामाथि अनुसन्धान सुरु भएको छ ।