काठमाडौँ — संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले काठमाडौंको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई हक हस्तान्तरण गरिएको १५० रोपनी जमिन नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ।
होटल सञ्चालनका लागि तारागाउँ विकास समितिले गरेको जग्गा हस्तान्तरण प्रक्रिया मालपोत ऐन २०३४ अनुसार प्रतिकुल रहेको र अनुचित तरिकाले हक हस्तान्तरण गरिएको समितिको ठहर छ।
अग्नीप्रसाद सापकोटाको संयोजकत्वमा रहेको ५ सदस्यीय उपसमितिले १५० रोपनी जमिनलाई आफू मातहत ल्याउन तत्काल आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिएको हो।
होटललाई सुरुमा २९ वर्षको लागि लिजमा दिनेगरी समितिको सञ्चालक समितिबाट निर्णय भएकोमा लगत्तै सो निर्णय संशोधन गरी ४९ वर्षका लागि लिजमा दिइएको तारागाउँ विकास समितिको १५४ रोपनी जग्गासमेत प्रति रोपनी १० लाख रुपैयाँकै दरले तारागाउँ रिजेन्सी होटल्सको नाममा हक हस्तान्तरण गरी दिने र सो रकमबाट होटेलको हकप्रद शेयर खरीद गर्नु गैरकानुनी भएको उपसमितिको ठहर छ।
— नागरीक
FACEBOOK COMMENTS