काठमाडौ,फागुन २- भृकुटीमण्डपमा विहीबारदेखि जुत्ता मेला शुरु भएको छ । मेला फागुन १ गतेदेखि २१ गतेसम्म उक्त चल्ने आयोजकले बताएका छन् ।
मेलामा नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवास,रन शु र शुल्याण्ड ब्राण्डका जुत्ता चप्पलहरु राखिएका छन् ।
१५ देखी ५० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजार सम्मकाजुत्ता पाइन्छन् भने चप्पल एक सय देखि एक हजार सम्मका पाइन्छन् ।
नेपाली उद्योगबाट उत्पादित आकर्षक र ग्राहकहरुका लागि किफायती जुत्ताचप्पल मेलामा राखिएको र भारी छुटमा पाइने भएकाले मौकाको फाइदा उठाउन ग्राहकहरुका लागि आयोजकले अनुरोध गरेका छन् । मेलामा १ लाख भन्दा बढीले अवलोकन गरी जुत्ता चप्पल खरिद गर्ने अपेक्षा आयोजकको छ ।
FACEBOOK COMMENTS