काठमाडौं,फागुन ११ –उद्योग वाणिज्य महासंघको कार्यसमितिले आसन्न ५४औं साधरण यही चैत २८ र २९ गते हुने समय तोकेको छ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार महासंघको ५४औं साधरणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएका छन्।
योसँगै महासंघको निर्वाचनमा दुईपक्षीय भिडन्त हुने पनि निश्चित भएको छ। महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेद्वारी घोषणासमेत गरिसकेको छन्।
यसैगरी महासंघको कार्यसमिति बैठकले निर्वाचन कमिटीको टुङगो लगाएको छ।
महासंघले उपेन्द्र केशरीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
