काठमाडौंं, चैत ११- काठमाडौं महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गरेका हुन्।
‘लकडाउन’को बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने काठमाडौं महानगरपालिकाले बताएको छ ।
महानगरले कुनै समस्या परेमा जनप्रतिनिधि तथा कर्मचारीलाई सिधा सम्पर्क गर्नको लागि नम्बर सार्वजनिक गरेको छ ।
कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको समेत जनाएको छ ।
नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।
लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः
प्रमुख/उपप्रमुखहरू
विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली– निमित्त प्रमुख प्रशासकीय अधिकृत–९८५१२१०७४२
वडा अध्यक्षहरू
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२
कार्यपालिका सदस्यहरू
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८
FACEBOOK COMMENTS