काठमाडौं, माघ ९ – नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र लुम्बिनी विकास कोष बीच सम्झौता भएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनीको विश्व शान्ति दिपमा एक बर्षको लागि दिप प्रज्ज्वलन गर्ने समझदारी पत्रमा नेपाल आयल निगम लि. लुम्बिनी प्रादेशिक कार्यालय भलबारीका प्रादेशिक प्रमुख प्रलयंकर आचार्य र लुम्बिनी विकास कोषका प्रमुख प्रशासन तथा व्यवस्था महाशाखा प्रमुख ज्ञानिन राई बिच सम्झौता भएको हो ।
अब लुम्बिनीमा बल्दै आएको विश्व दिपमा निगमको सुस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको दिप बल्ने छ । यस पुनित कार्यमा सहयोग गर्ने निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेलले लुम्बिनी जस्तो पवित्र ठाउँमा सहकार्य गर्न पाउँदा खुशी महशुस भएको बताए ।
FACEBOOK COMMENTS