काठमाडौं । सरकारले पूर्व निर्धारित सबै किसिमका परीक्षाहरु सञ्चालन गर्न दिने भएको छ ।
आज आइतबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो जानकारी दिएका हुन् । योसँगै विश्वविद्यालयहरु र कक्षा १२ को परीक्षा पनि सञ्चालन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तोक्ने छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गर्दा परीक्षाहरु रोकिएको थियो ।
परीक्षाको मापदण्ड पनि तोकिएको छ । जस अनुसार एउटा कोठामा २५ जना भन्दा बढी मानिसहरु भेला हुन दिइने छैन ।
यस्तो छ मापदण्ड–
FACEBOOK COMMENTS