काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ र नाराबाजी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभमुख डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउन लाग्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सो पार्टीका अध्यक्ष साम्पाङले आफ्नो पार्टीलाई बोल्ने समय नदिएको भनेर सभामुखलाई प्रश्न गरेका थिए । सभामुख अर्यालले श्रम संस्कृतिबाट समय माग नभएकाले बुधबार समय दिन नसक्ने भन्दै संसद बैठक अघि बढाएपछि सांसदहरू वेल घेराउ गर्न पुगेका हुन् ।