काठमाडौं, माघ ९- सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । बुधबार बसेको सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरुका बैठकले यो निर्णय गरेको हो ।
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गरिने भएको छ ।
सनराइज बैंकले १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिईरहेको छ । सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु ८५ अर्ब, कर्जा लगानी करिब रु ७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशः करिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ ।