काठमाडौं, भदौ २०। सिजीले दसैंतिहारलाई लक्षित गरी “सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ।
जसमा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ। साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सकिनेछ त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ।
सीजीको सामान खरिद गरी CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गतेदेखि सीमित अवधिको लागि नेपाल लागू गरिएको छ ।