काठमाण्डौँ — सिद्घार्थ बैंकले थप दुई स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको हो ।
यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
FACEBOOK COMMENTS