काठमाडौं । हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि २४ जुलाई २०२६ मा प्रधान कार्यालयमा स्वागत गरेको छ।
प्रतिनिधिमण्डलमा उच्चायुक्तको कार्यालय अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, आइएआईओ–नार्डोका तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ शुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए।
छलफलका क्रममा ज्येष्ठ यात्रुलाई यात्रा गर्दा पर्न सक्ने कठिनाईहरू हटाउने र उनीहरूलाई कसरी थप सहज सेवा दिन सकिन्छ भन्नेबारे विचार आदान–प्रदान भयो। हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो। उक्त अन्तरक्रियामा ज्येष्ठ यात्रुहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन अवलम्बन गर्न सकिने उपायहरूबारे समेत छलफल भएको थियो।
सो अवसरमा राष्ट्रसंघकी प्रतिनिधि डा। चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासहरूबारे चर्चा गरिन् । उनले उमेरमैत्री तथा समावेशी अभ्यासहरूको प्रवद्र्धनका लागि निरन्तर ज्ञान आदान–प्रदान र सहकार्य आवश्यक रहेको बताइन्। साथै, हवाई उड्डयन क्षेत्रमा समावेशी सेवासम्बन्धी सचेतना र बुझाइ अभिवृद्धि गर्न प्रतिनिधिमण्डलले आफ्नो ज्ञान, अनुभव तथा विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
उक्त अन्तरक्रियाले दुवै पक्षलाई आफ्ना अनुभव तथा दृष्टिकोण आदान(प्रदान गर्ने अवसरका साथै मानव अधिकारमा आधारित, उमेरमैत्री तथा पहुँचयोग्य अभ्यासहरूले ज्येष्ठ यात्रुहरूलाई थप सम्मान, आत्मविश्वास र स्वतन्त्रताका साथ यात्रा गर्न सक्ने वातावरण निर्माणमा पुर्याउने योगदानबारे छलफल गर्ने अवसर प्रदान गरेको थियो।
प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष–प्रशासन श्री विजय श्रेष्ठले भने “हिमालय एयरलाइन्समा हामी उमेरको आधारमा कसैलाई पनि भेदभाव नगरी हरेक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप उड्डयन क्षेत्रलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउने विषयमा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसंग संवाद गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो। यस अन्तरक्रियाबाट प्राप्त अनुभवले सबैका लागि सहज हवाई यात्रा सुनिश्चित गर्ने हाम्रो साझा प्रयासमा ठूलो योगदान पुर्याउनेछ।”
हिमालय एअरलाइन्सले विशिष्ट प्रतिनिधिमण्डलसँग भएको यस महत्त्वपूर्ण अन्तरक्रियालाई उच्च प्राथमिकता दिएको छ। वायुसेवाले हवाई यात्रालाई थप समावेशी, पहुँचयोग्य, यात्रुकेन्द्रित तथा सम्मानजनक बनाउन निरन्तर सिकाइ, ज्ञान आदान–प्रदान र सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता पुन: व्यक्त गरेको छ।
हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउनु नै यस एएअरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्सले ।
हिमालय एअरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्डसर्् ९क्ब्त्ब्० २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पुर्याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१:२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो ।
हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, क्ष्इक्ब् अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्स रूपमा दर्ता भएको हिमालय एअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स होे ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स (ब्भ्म्क) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यत: आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्सको रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्सको रूपमा प्रतिस्थापित हुन चाहेको छ ।