काठमाडौं, ९ फागुन-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) सामान्य अंकले बढेको छ । गत साताको बिहिबार २५.२३ अंकले बढेर दुई हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज ३.६६ अंकले नेप्से बढेर दुई हजार छ सय ४० दशमलब ३४ विन्दुमा पुगेको छ भने ८ अर्ब ६९ करोड ७६ लाख बरोबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
FACEBOOK COMMENTS