काठमाडौं,माघ १२- दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको अभियोगमा पक्राउ परेको मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो । रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताए ।
FACEBOOK COMMENTS