काठमाण्डौं– चालु आर्थिक वर्षको बजेट बक्तव्यमा सरकारले अबको दशक उर्जा दशको रुपमा नारा दिएको थियो । सरकारको १० वर्ष कार्यक्रम अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका छन् ।
हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले सरकारले उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छरिएर रहेको पैशाको उचित प्रयोग हुने कार्यक्रम भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलिले हरेक नेपालीलाई पैसालाई सक्रिय बनाई राख्न आग्रह गरेका छन् । उनले भने‘ पैसाको जात यस्तो हो जति राख्यो उति महत्व घट्दै जान्छ ।’
‘हामी संग सबै छ तर गरिब छौ । प्रकृतीक रुपले भरिपूर्ण हामी , जलविद्युतको धनी देश नेपाल भारतबाट विजुली विद्युत बाल्छौ’ भन्दै ओलिले अब नेपाल आत्मनिर्भर हुने बाटोमा लागेको बताए ।
FACEBOOK COMMENTS