पोखरा कात्तिक १६, प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले ढिला गरी सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य मन्त्रीहरुले यसअघि नै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
प्रदेश मन्त्रिपरिषदले बनाएको आचार संहितामा मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने उल्लेख छ । मनाङे जेठ २९ मा मन्त्री भएका थिए । मनाङ प्रदेश सभा बाट निर्वाचित मन्त्री मनाङेले असोज १८ गते आप्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए । तर कार्यालयले मंगलबारमात्रै सार्वजनिक गरेको हो ।
६ करोड १० लाख रुपैयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको मनाङेको सम्पति विवरणमा उल्लेख छ । विवरण अनुसार मनाङे २ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएको छ । मनाङे यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि २ पटकसम्म युवा तथा खेलकुद मन्त्री भएका थिए ।
FACEBOOK COMMENTS