काठमाडौं । शाओमी नेपालले देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले आज शाओमी प्याड ५ को लन्चको साथ आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजादै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड हो । जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्दछ । शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जर सहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ ।
यस्ता छन् विशेषता
यस फोनको बिल्ट–इन लो ब्लु लाइट हार्डवेयर, ब्लु लाइट रिडक्सन सफ्टवेयर, ट्रु डिस्प्ले, डब्लुक्युएचडी+१२० हट्र्जको डिस्प्ले, एक अर्ब भन्दा बढी रंगहरु प्रदान गर्दछ । डीसिआई–पी ३ र डल्बी भिजनलाई सपोर्ट गर्दछ । साथै, १३ मेगा पिक्सेलको एकल क्यामेरा, ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । त्यस्तै, स्लीक, पातलो र हलुका साथै अल स्व्रिmन डिजाइन ११ इन्चको स्व्रिmनको साथ रहेको छ । र्यामं रोमः ६ जीबीं१२८ जीबीर६ जीबीं२५६ जीबी यसका विशेषता रहेको छ ।
कति छ मूल्य ?
६ जीबीं२५६ जीबी भएको नेपाली मूल्य ४९ हजार ९९९ रुपैयाँ, ६ जीबीं१२८जीबी नेपाली ४४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । त्यस्तै, शाओमी प्याड ५ कार्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS