काठमाण्डौं– नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्षमा चण्डिप्रसाद अर्याल पुनर्निर्वाचित भएका छन् ।
संघको २६ औं वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, संघको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा सञ्जयकुमार सर्राफ चयन भए । सदस्यमा थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी सदस्यमा चयन भएका छन् ।
संघको साधारणसभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको प्रवद्र्धन तथा बजारीकरणका लागि कोष बनाउनुपर्ने माग गरेको छ ।
संघको अध्यक्षमा चण्डिप्रसाद अर्यालले आन्तरिक उत्पादनलाई बढाउनमा जोड दिनु पर्ने बताएका छन् ।
नेपालको गर्मेन्ट क्षेत्रलाई विकास गर्नको लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नु पर्ने उनको धारणा थियो ।
उनले काम गर्न सक्ने युवा भरि विदेश गए नेपालमा कसले काम गर्ने भन्ने सरकारलाई प्रश्न गर्दै अमेरिकाले डिउटी फ्री गरेका ७७ वस्तु निर्यात गर्ने वातावरण बनाउन जोड दिए ।
FACEBOOK COMMENTS