काठमाडौं– सुदर्शन थापाको निर्देशनका बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तोकिएको छ। निर्देशक थापाका अनुसार फिल्मलाई माघ १९ मा प्रदर्शन गरिनेछ। २०७६ फागुन ३० गते प्रदर्शनको मिति तोकिएको फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो।
महामारीका कारण फिल्म प्रदर्शन हुन नपाएपछि लामो समयसम्म फिल्मको प्रदर्शन तोकिएन। प्रचार प्रसारमा नै लाखौं खर्च गरेको दाबी गर्ने फिल्मले दुई वर्षपछि फिल्म प्रदर्शन गर्ने मिति तोकेको छ।
फिल्ममा मुख्य भूमिकामा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ। पूजा शर्मा र सुदर्शन थापाको संयुक्त लगानीमा निर्माण भएको फिल्मको प्रदर्शन तोकिएको जानकारी दिँदै थापाले सामाजिक सञ्जालमा आफ्नो फिल्म पूरै चलचित्र क्षेत्रलाई चलायमान बनाउने उदेश्यले प्रदर्शन गर्न लागिएको उल्लेख गरेका छन्।