काठमाडौं । मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ आईपीयू को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् ।
नोभेम्बर २६ देखि ३० मंसिर १० देखि १४ सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ आईपीयू को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।
सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS