राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अझै सबैको पहुँचमा आँखा उपचारको सेवा नहुँदा दृष्टिविहीनको संख्या धेरै भएको बताउनु भयाे । उहाँले अहिले दैनिक एक सय २५ जनामा अन्धोपन देखिने गरेको बताउनु भयाे । ‘समयमा उपचार पाएमा ८० प्रतिशत पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेत्र अधिकृत गौतमले भन्नुभयाे ‘तर सबैको पहुँचमा नहुँदा आँखाकाे दृष्टि गुमाउनु परेको छ ।’ नेपालमा करिब ८० लाख मानिसले आँखाको उपचार नपाएको उहाँले बताउनु भयाे ।
सबैको पहुँचमा आँखको सेवा पुर्याउन सरकारले योजना बनाएर काम गर्नु पर्ने बताउनुभ याे । शरीरका अन्य अंग जस्तै आँखा संवेदनशील भए पनि यसबारे धेरैले चासो नराखेको उहाँकाे भनाइ छ । पछिल्लो समय आँखाका समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दै गएको उहाँले बताउनु भयाे । आँखा सुक्खा हुने, धेरै समयसम्म हेर्न नमिल्ने, आँखामा विभिन्न संक्रमण हुनेलगायतका समस्या देखिएको उहाँले बताउनु भयाे । मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उहाँकाे भनाइ छ ।
FACEBOOK COMMENTS