काठमाण्डौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजना निर्माणमा भइरहेको ढिलाइको अनिश्चितता अब भने हटेको छ ।
सडकको अवरोधका कारण आएको ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याकको कार्य सम्पादनमा आएको समस्याले पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा आयोजनाको सम्पन्न हुने मितिमा देखिएको अनिश्चिता पनि हटेको हो ।
आयोजनाको बाँधस्थलबाट सुरुङमार्ग हुँदै पावरहाउससम्म पानी पेनस्टक पाइपबाट खसालिने भएपनि माथिल्लो र तल्लो पेनस्टक साफ्टको काम बल्ल अघि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।
— कारोबार
FACEBOOK COMMENTS