काठमाण्डौँ — रोजगारीमा जाने देशसँग सरकारले श्रम सम्झौतालाई तीव्रता दिने भएको छ ।
श्रम गन्तव्यमा पुग्न लाग्ने लागत, पारि श्रमिक र सामाजिक सुरक्षालाई केन्द्रबिन्दुमा राखेर सरकारले श्रम बजार उपलब्ध गराउने मुलुकसँग सम्झौता गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरेका अनुसार वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि पहल अघि बढाएको छ ।
मौरिसस, यूएई, ओमन, साउदी अरब, जापान, कतारलगायतसँग श्रम सम्झौताको तयारी अघि बढेको उनले जानकारी दिए ।
घिमिरेका अनुसार जापानसँग मार्च महिनाभित्रै सम्झौता गर्ने तयारी छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS