काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
अहिलेसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने शेखर कोइरालाले ७२६ मत पाएका छन् । यस्तै प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत, कल्याण गुरुङले ७ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकोमा २३४० मत भए सभापति बन्न सकिन्छ । त्यती मत नआए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS