काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा पदाधिकारीले ‘रिजेक्ट’ गरीसकेको विधान संशोधन पशुपति मुरारकाले फेरि टेबुल गराएपछि महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले फेसबुकमा स्टाट्स लेख्दै कटाक्ष गरेका छन् । उनले विधि र पद्धतिलाई नमिच्न समेत भनेका छन् ।
महासंघमा करिब ११ महिनाअघि पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरी सहसंयोजकमा अर्का पूर्व उपाध्यक्ष पशुपति मुरारकालाई जिम्मेवारी दिएदेखी नै चलखेल शुरु भएको मानिन्छ ।
तर यसै साता बसेको महासंघ पदाधिकारी बैठकले अहिलेको संरचना बदल्ने समितिको प्रस्तावलाई अस्वीकृत गरिसकेको छ । महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्तावको स्पष्ट विपक्षमा छन् भने पूर्वअध्यक्ष पशुपति मुरारकाले यसमै जोडबल गरिरहेका छन् ।
FACEBOOK COMMENTS