काठमाण्डौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।
जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।
करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले बताए ।
भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ ।
– राजधानी
FACEBOOK COMMENTS