काठमाण्डौं– चालु आव को पहिलो ६ महिनामा संघिय वित्तीय संरचना अनुसारको संघ, प्रदेश र स्थानिय तहमा भइरहेको आर्थिक क्रियाकलाप विस्तार तथा यस अवधिका समष्टिगत आर्थिक तथ्याङ्कले उच्च आर्थिक वृद्धिका आधार शिला निमार्ण गरेको अर्थ मन्त्रालयले दाबी गरेको छ ।
अर्थमन्त्रालयले अर्धवार्षिकी बजेट समिक्षको प्रतिवेदनमा उक्त कुरा सार्वजानिक गरेको हो ।
मन्त्रालयले उर्जा आपुर्ती सहज भई औद्योगिक क्षमता उपयोगमा विस्तार भएको , पुन निमार्ण कार्यले गति लिएको , पर्यटक आगमनमा उत्साहजनक वृद्ध भएको , कृषी र औद्योगिक क्षेत्रको विस्तारले सेवा क्षेत्रको वृद्धि भएको, धान मकैमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
यी आधारहरुलाई विश्लेषण गर्दा आर्थिक वृद्धि लक्ष्यकै नजिक पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।
सरकारले यो वर्षको अथिर्क वृद्धी ८ प्रतिशत हुने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS