काठमाण्डौँ — १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा जारी छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको हो ।
नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले मेला शुरु भएको हो ।
मेलाको “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नारा रहेको छ ।
पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका छन ।
पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS